पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिन्छु : भीम रावल

२३ कात्तिक, अछाम ।

Advertisement

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। मंगलबार अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अबको  महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्।

नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताए। रावलले कार्यकर्ताको इच्छा र आकाक्षा अनुसार आफूले उम्मेद्वारी तयारी गरेको भन्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बताए। उनले भने ,’धेरैले मलाई प्रश्न गर्छन् अबको महाधिवेशनमा तपाईंको उम्मेद्वारी केमा भनेर अनि धेरैको सुझाव अध्यक्षमा लड्नु पर्यो भन्ने छ। त्यसैले हार्ने डरले म पछि हट्दिनँ।’

Advertisement

उनले आफ्ना कार्यकर्ताको लागि भए पनि अध्यक्षमा उम्मेद्वारी हुने र खरो उत्रिने बताए। उनले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबारको बैठक अवैध, अमान्य र गुठबन्धीको नमुना भएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top