जबरामाथि महाअभियोग लगाउन पूर्वन्यायाधीशहरुको आग्रह

२३ कात्तिक ७८, बुधबार

२३ कात्तिक, काठमाडाैँ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्धय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धारणा समेत राखे ।

मंगलबार संवैधानिक कानुन व्यवसायी मंचले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वन्यायाधीश सिंहले राजीनामा माग्दा पनि बेवास्ता गरेको भन्दै प्रधानन्यायाधीश जबरामाथि आक्रोश व्यक्त गरे । उgले प्रधानन्यायाधीश जबरालाई मूल पुरुषको संज्ञा दिँदै भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त संविधानमा छ । तर मूल पुरुषले यो कुनै पनि वास्ता गरेको छैन । व्यवस्थापिकाको अधिकार अपहरण गर्नु भयो, चुप लागेर बस्यो । यस्तो अवस्थामा बार, सर्वोच्च अदालतका न्यायाधीशहरु, नागरिक समाजका अगुवाहरुले जुन आन्दोलन अघि बढाउनु भएको छ । त्यसलाई देशव्यापी बनाएर सो समस्या समाधान गर्नु पर्दछ ।’

महाअभियोगको हतियार त्यसै बसेर प्रधानन्यायाधीशले मार्ग प्रशस्त नगरेको अर्का पूर्व न्यायाधीश केसीको भनाई छ । उनले महाअभियोगको हतियार लगाएर भएपनि प्रधानन्यायाधीशलाई राजीनामा दिन बाध्य बनाउने गरी आन्दोलन गर्न नेपाल बारसहितका कानुन व्यवसायीहरुलाई आग्रह गरे । पूर्व न्यायाधीश केसीले भने, ‘महाअभियोगको हतियार त्यसै बसेर यो बिग्रिएको हो । यो अहिले बिग्रिएको होईन । २०६८ सालतिरै बिग्रिएको हो । यसलाई सम्हालेर न्यायपालिका जोगाउन नेपाल बारसहितका कानुन व्यवसायीहरुले जारी राखेको आन्दोलनलाई अझै प्रभावकारी बनाउनु पर्दछ ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाले हठ र लहड राखेर पदमा बस्ने काम नगर्न प्रधानन्यायाधीश जबरालाई सुझाव दिए । उनले न्यायपालिका न्याय प्रर्दशकको रुपमा रहेपनि त्यसलाई बिगार्ने काम प्रधानन्यायाधीशले गरेको उल्लेख गर्दै अव त्यसरी पदमा बसिरहने नमिल्ने बताए । वरिष्ठ अधिवक्ता थापाले भने, ‘न्यायपालिका न्यायमार्ग प्रर्दशकको रुपमा छ । तर चिफ जस्टिस त्यसलाई बिगार्न उद्धत भएको हुनाले मेरो अनुरोध छ–यो हठ र लहडमा राखेर पदमा नबस्नुहोस । केही हिसाव मिलाउनु छ भने पनि छोड दिनुस् ।’

वरिष्ठ अधिवक्ता थापाले यति कमजोर प्रधानन्यायाधीश आफूले अहिलेसम्म नदेखेको दावी समेत गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top