नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव

२३ कात्तिक ७८, बुधबार

काठमाडौं : हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ ।

Advertisement

चीनले २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार र दरबारसँगै जोडिएको वसन्तपुरसहित तीनवटा बुर्जाहरू ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावरको पुनर्निर्माणको जिम्मा लिएको थियो ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चीन सरकारले दरबारभित्र अत्याधुनिक सुरक्षा प्रविधिसहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयको सबै सामग्री व्यवस्थापन गर्न प्रस्ताव अघि बढाएको हो ।

Advertisement

पुनर्निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनी एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले पुरातत्व विभागमा चीन सरकारको तर्फबाट संग्रहालयमा सामग्री व्यवस्थापन गर्न सोकेस निर्माण, लाइटिङ र सुरक्षा प्रविधि यन्त्र जडान गर्ने प्रस्ताव पेस गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले विस्तृत योजनासहित पूर्ण प्रस्ताव पेस गर्न कम्पनीलाई आग्रह गरेको छ ।

महानिर्देशक गौतमले भन्नुभयो– ‘विश्वको शक्तिशाली मुलुकको सुरक्षा प्रविधि जडान गरी उनीहरूकै इन्टेरियरअनुसार संग्रहालय तयार गर्न सके नेपाल सरकारलाई सहयोग हुनेछ ।’ चीन सरकारले योजना तयार गरेपछि सो विषयमा छलफल गरी नेपालको नियम र कानुनका परिधिभित्र रहेर काम गर्न समस्या नपर्ने विभागको भनाइ छ ।

Advertisement

करिब ८० प्रतिशत काम सम्पन्न भएपछि कोरोना महामारीका कारण हाल स्थगित रहेको पुनर्निर्माण कार्य पुनः शुरु भएको छ । चीन र नेपालबीचको सीधा उडान शुरु हुनासाथ चिनियाँ ठेकेदार कम्पनीका कामदारले थप काम शुरु गर्ने गरी तयारी भइरहेको बताइएको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top