बंगलादेशका पूर्व-प्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

२३ कात्तिक ७८, बुधबार

२४ कार्तिक, टाका ।

बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ ।

विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ ।

राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्ह्वा हाल क्यानडामा बस्छन् ।

७० वर्षीय सिन्ह्वाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैंकबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ ।

अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ । यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिन्ह्वा सन् २०१५ को जनबरीमा बंगलादेशको सर्वोच्च अदालतको २१आंै प्रधानन्यायाधीश भएका थिए ।

सन् २०१६ मा विदा लिएर अमेरिका गएका सिन्ह्वाले उतैबाट राजीनामा दिएका थिए । उनले सन् २०१७ को नोभम्बरमा राजीनामा दिएका थिए । विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘ए ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top