पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती- शासन गर्ने भए चुनाव लडेर आउनुस्

२४ कात्तिक, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् ।

Advertisement

देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।

कार्यक्रममा देउवाले आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो ।’

Advertisement

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’ संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top