×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा गोदावारी र बालदेव सेमिफाइनलमा प्रवेश

२१ श्रावण २०७५

विराटनगर,साउन २१
विराटनगरमा जारी स्वर्गीय साखिचन्द सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा गोदावारी स्कुल र बालदेव स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Advertisement
Advertisement

गु्रप ‘ए’ अन्तर्गत गोदावारी स्कुल र एजेलिया स्कुलबीच आज भएको पहिलो खेलमा गोदावारी स्कुल २ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एजेलिया स्कुलले पूरा ओभर खेल्दै २३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको गोदावारीले ४ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

त्यस्तै बालदेव दुत स्कुल र श्रीराम स्कुलबीच भएको दोस्रो खेलमा बालदेव ६ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बालदेवले २८ रन बनाएको थियो । बालदेव दुतले प्रस्तुत गरेको २९ रनको लक्ष्य पछ्याउने क्रममा श्रीराम स्कुल ५ ओभरमा २२ रन जोड्दै अलआउट भएको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि तीनओटा खेल हुनेछन् । भोलि बुढानिलकण्ठ स्कुल र हंसबाहिनी स्कुल, कान्तिपुर स्कुल र सिब्स स्कुल तथा राईजिङ नेपाल स्कुल र बाल उद्यान स्कुलबीच खेल हुने आयोजक समितिका सदस्य दिपक पासवानले जानकारी दिए ।

Advertisement

विराटनगरका क्रिकेटर अजय राजबंशीका बुवा स्व. साखिचंद राजबंशीको नाममा सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top