सरकार सबैलाई साथमा लिएर हिँड्छ: गृहमन्त्री खाँण

२४ कात्तिक, बुटवल।

गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन् । उनले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताए ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए ।

गृहमन्त्री खाँणले प्रहरी, प्रशासनले जनतालाई शान्ति सुरक्षालगायत नागरिकको दैनिकी सहज बनाउन साथ दियो कि दिएन यसको आमनागरिकले पनि समुचित मूल्याङ्कन गर्नुपर्ने बताउँदै भने, “प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्छ ।”

गृहमन्त्री खाँणले प्रहरी कार्यालयमा जाने हरेक नागरिकलाई प्रहरीले सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको योगदानको सराहनासमेत गरे । उनले महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाइकर्मी, स्वास्थ्यकर्मीलगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिए ।

गृहमन्त्री खाँणले कोभिड महामारीबाट अहिले केही सहजताजस्तो भए पनि पूर्ण जोखिम अन्त्य नभएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्णरूपले पालना गर्न अनुरोध गरे । उनले वर्तमान सरकारले सबैले समानरूपले राज्यको सेवा सुविधा पाउनुपर्ने मान्यता राखेरै वर्तमान सरकार बनेपछि प्रहरीको रासनमा सबै तहका प्रहरी सदस्यलाई समानरूपले लागू हुने गरी १५ प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाँणले कांग्रेसका नेता कार्यकर्ता जनताको सेवक भएकाले जनताको सेवामा पूर्णरूपले लाग्न अनुरोध गरे। पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा भए पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी जिल्ला सभापति अब्दुुल रज्जाकले मुलुकमा हरेक सङ्कटको समाधानमा कांग्रेस अगाडि आएको बताए । सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिलीपकुमार कान्दु, सदस्य सञ्जय वेरिवाल, पूर्ववडाअध्यक्ष भरतसिंह विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित विभिन्न पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांगे्रस सिद्धार्थनगरका सभापति कोसिसबहादुर खड्काले जानकारी दिए ।

यसअघि आजै गृहमन्त्री खाँणले नेपाल महिला सङ्घ रूपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गरेका थिए । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top