×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

गायक योगेश्वर अमात्यको जग्गा प्रकरण : कुमारी बैंकको भूमिका सन्देहपूर्ण

२४ कार्तिक २०७८

२४ कात्तिक, काठमाडौं।
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा कुमारी बैंककै भूमिका शंकास्पद देखिएको छ। अमात्यको बारास्थित जग्गाको नक्कली पूर्जा बनाएर ऋण प्रवाह गरिएको घटनामा बैंकले नै तथ्य लुकाएको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा थियो। उक्त जग्गा नै अर्कै कम्पनीमा रहेको भन्ने कागजात बनाएर योजनाबद्ध तरिकाले १९ करोड रुपैयाँ हत्याउन नक्कली लालपूर्जा बनाएको खुलेको छ। मालपोतमा भने अमात्यकै कम्पनी बिरुवाको नाममा उक्त जग्गा छ।

Advertisement
Advertisement

हाल सीआईबीको हिरासतमा रहेका काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र कुसुम प्रधान घरजग्गा कारोबारी हुन्। उनीहरु तीनै जनाबीच पहिले नै चिनजान रहेको र सहकार्यमा काम हुँदै आएको पाइएको छ।

घरजग्गाको काम गर्ने सिलसिलामा एसके र मुक्तिलालले कुसुमसँग ९ करोड रुपैयाँ लिन बाँकी रहेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्। ९ करोड रुपैयाँ लिन खोज्दा उल्टै आफूहरु फसेको उनीहरुले बयान दिएका छन् ।

सीआईबीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहका अनुसार एसके र मुक्तिलालको ९ करोड रुपैयाँ तिर्नुपर्ने भएपछि कुसुमले बारामा रहेको १२ बिघा जग्गा नै उनीहरुको कम्पनीको नाममा नामसारी गरिदिने बताएका थिए। सोही अनुसार एसके र मुक्तिलालको डेनियल ट्रेडिङको नाममा उक्त जग्गा नामसारी गरेर लालपूर्जा समेत निकाल्ने काम कुसुमले नै गरेको भेटिएको छ ।

नक्कली लालपूर्जा बनाएर उनीहरुको कम्पनीको नाममा १२ बिघा जग्गा रहेको प्रमाण जुटाउने काम कुसुममार्फत भएको अनुसन्धानबाट खुलेको छ। कुसुमले नक्कली लालपूर्जा बनाएर आफूलाई फसाउन खोजेको भन्नेबारे आफूहरुलाई केही थाहा नभएको एसके र मुक्तिलालको दाबी छ। आफ्नो कम्पनीको नाममा आएको उक्त जग्गा राखेर १९ करोड ऋण लिइसकेपछि बैंकबाट जग्गा नै अर्काको नाममा रहेकाले ऋण असुली गर्न आउनु र्पयो भन्दै खबर गरेपछि मात्रै कुसुमले नक्कली कागजात बनाएर जग्गा दिएको थाहा पाएको एसके र मुक्तिलालले प्रहरीमा बयान दिएका छन्।

Advertisement

यस प्रकरणमा प्रहरीले अहिलेसम्म पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरेको छ। बैंकका कर्मचारीसहित ४ जना अझै फरार छन्।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top