प्रधानन्यायाधीशले आज पनि तोके ९ इजलास

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, काठमाडौं ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूसहितका ९ वटा इजलास तोकेका छन्। उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन्। राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन्।

तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन्। उनले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन्।

Advertisement

बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top