२५ कात्तिक, काठमाडौं।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते उनीहरुलाई नियुक्त गरेकी थिइन् ।