प्रधानसेनापति शर्मा दिल्लीमा भेटघाटमा व्यस्त

प्रधानसेनापति शर्मा दिल्लीमा भेटघाटमा व्यस्त

२५ कात्तिक, काठमाडौँ ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

उक्त शिष्टाचार भेट पश्चात् प्रधान सेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गरेका थिए ।’वाल अफ अनर’ बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा याे सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुन्।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजकाअल्मुनीहरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.