अन्तर्राष्ट्रिय बजारमा ओर्लियो कच्चा तेलको भाउ

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिहीबार पनि घटेको छ। अमेरिकामा मुद्रास्फीति बढिरहेकाकारण तेलको मूल्यमा गिरावट आएको अधिकारीहरुको दाबी छ।

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)ले ऊर्जाको उच्च मूल्यतर्फ औंल्याउँदै तेलको माग प्रक्षेपण घटाउँदा पनि तेल बजार दबाबमा आएको जनाइएको छ।

लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीवार दिउँसो प्रतिब्यारेल ब्रेन्ट क्रुडको भाउ शन्ूय दशमलव ६३ प्रतिशतले घटेर ८२ डलर १२ सेन्टमा आएको थियो। बिहानी कारोबार भने यसको भाउ बढेर प्रतिब्यारेल ८३ डलर ३७ सेन्टसम्म उक्लिएको थियो।

उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ प्रतिशतको कमीसहित प्रतिब्यारेल ८० डलर ५१ सेन्टमा पुगेको थियो।

यो वर्षको चौथो त्रैमासमा तेलको माग दैनिक औसत ९ करोड ९४ लाख ९० हजार ब्यारेल रहने ओपेकको मासिक प्रतिवेदनमा उल्लेख छ।यो गत महिनाको प्रक्षेपणको तुलनामा ३ लाख ३० हजार ब्यारेल कम हो। माग कम रहने प्रक्षेपणसँगै तेलको मूल्यमा निरन्तर ओरालो लागेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top