यी हुन विश्वमै सबैभन्दा छोटो समयमा जन्मिने शिशु

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, न्युयोर्क ।

अमेरिकाका एक बालक विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् ।

कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२० ग्राम मात्र थियो । छोटो समयमा जन्मिएका मिन्सको बाँच्ने सम्भावना १ प्रतिशतभन्दा न्यून थियो । उनी बाँच्लान भनेर आफ्नै बाबुआमालेसमेत पत्याएका थिएनन् ।

गिनिज वल्र्ड रेकर्डले उनलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरेको छ । सामान्यतया मानिसको गर्भावस्थाको समय ४० साताको हुन्छ । तर, केही शिशु त्योभन्दा छिटो पनि जन्मिन्छन् ।

प्रसवपीडा भएपछि मिन्सकी आमा मिसेल बटलरलाई गत वर्षको ४ जुलाईमा अलाबामाको एउटा अस्पताल भर्ना गरिएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा शिशु जन्माएकी थिइन् । अर्का शिशु सियसाको एक दिनपछि मृत्यु भयो भने मिन्सलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तीनमहिनापछि मिन्सलाई भेन्टिलेटरबाट निकालिएको थियो । २७५ दिन लामो उपचारपछि यसै वर्षको अप्रिलमा उनी डिस्चार्ज भएका थिए । चिकित्सकहरुले ट्यूबमार्फत मिन्सलाई खान सिकाएका थिए । अहिले पनि उनलाई थप अक्सिजन आवश्यक पर्छ । त्यस्तै, ट्यूबको सहायतामा उनी खानेकुरा खान्छन् । उनको स्वास्थ्य राम्रो भएको चिकित्सकहरु बताउँछन् । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top