एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडाैँ ।

नेकपा (एमाले) को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनकाअनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौं महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए । पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ ।

एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा २०७७ चैत मसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् ।

एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top