खानी तथा भूगर्भ विभागद्धारा रु एक अर्ब राजश्व संकलन

२१ साउन ७५, मंगलबार

काठमाडौँ,साउन २२
खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ ।विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४÷७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो ।

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ । विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताए । प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top