कानुन व्यवसायीको धर्ना छल्दै वैकल्पिक बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडौं ।

Advertisement

कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा मूल गेटको साटो  महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट शुक्रबार बिहान १०:५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन् ।

Advertisement

सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए । अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतमा पुगेका थिए । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ। उनीहरु अहिले सर्वोच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top