विप्लव समूह माओवादीमै फर्किने प्रचण्डको विश्वास

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन्।

रोमान्स गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने

Advertisement

उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए । अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए ।

अध्यक्ष दाहालले भने, म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु, अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ, कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन । त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ, मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौँ,हामी जानु अझ धेरै टाढासम्म छ, त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ, एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन ।’

Advertisement

कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए । उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए । अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए। उनले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताए ।

अध्यक्ष दाहालले भने, कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन, फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन, नेपाली जनताले जन्माएको, तपाईं हामी सबै लडेर निर्माण गरेको हो, प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन,एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले प्रदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो, त्यो पैदा गरेको कुरालाई वर्ग संघर्षले र प्रतिक्रियावादीले सिध्याउन खोज्छन्, जनताले त्यसलाई बचाउन खोज्छन्, आज तपाईंहरु क्रान्तिको रक्षाको निम्ति, क्रान्तिका उपलब्धिको रक्षाका निम्ति, माओवादी आन्दोलनको रक्षाका निम्ति, प्रचण्डको रक्षाका निम्ति तपाईंहरु आउनुभएको छ, म हृदयदेखि तपाईंहरुलाई धन्यवाद दिन्छु ।’

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरु माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top