देशको विकासका लागि योजना बनाउन जनगणना महत्वपूर्णः राष्ट्रियसभा अध्यक्ष

२६ कात्तिक, काठमाडाैँ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उनले प्रश्न अनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गरे। अध्यक्ष तिमिल्सिनाले गणकहरुले मानिसहरुलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए। उनले भने – ‘जनगणनाको धेरै ठुलो अर्थ पनि छ । यो राष्ट्रको विकासको सुचकांक हामी कसरी अगाडी बढ्दैछौ, भविष्यमा कहाँ पुग्ने त्यसका लागि विकास निर्माणको योजना निर्माण गर्ने वडा तहदेखि, वस्ती तहदेखि राष्ट्रसम्मको योजना निर्माण गर्नका लागि तथ्यांकको ठुलो महत्व हुन्छ । किनकी यसमा सबै विषयवस्तुलाई समेटेर प्रश्नावली बनाएको छ र त्यो अनुसारको सही उत्तर दिदाँखेरी देशको सही चित्र प्रकट हुनसक्छ । यसकारण सबैले गम्भिरतापूर्वक झिझो नमानीकन पहिलो कुरा त गणकहरुले राम्रोसँग त्यहाँको घरबेटीलाई सम्झाउनुपर्ने हुन्छ । कतिपय नबुझ्नु होला, झर्कनुहोला उहाँहरुलाई यसको महत्व बुझाइसक्ने, गोपनीयतापनि रहन्छ । कतिलाई त फेरी त्यसको स्रोतहरु के कसो होला सबै बताउँदा भन्ने पनि डर हुन सक्छ । त्यो बाट मुक्त हुनेकुरा यहाँले प्रशिक्षण गरेर त्यो सबै गर्नुभएको छ । त्यो ढंगले जाँदाखेरी देशको सही तथ्यांक आउँछ । हाम्रो एउटा ऐना हो यो । देशको ऐनामा अनुहार प्रष्ट देखिइसकेपछि जति खुलेर आफ्नो विवरण दिन्छौँ, सफा ऐनामा अनुहार हेरेजस्तो हुन्छ । त्यसो हुनासाथ अब हामी कहाँ छौँ, कसरी अगाडी बढ्ने, कहाँ पुग्छौँ भन्ने कुराहरु सबै त्यहाँबाट लिनसक्ने र यसको ठुलो महत्व छ । यो कुरालाई आत्मासात् गरेर सबै देशबासीहरुले उहाँहरुलाई सहयोग गर्ने, खुलेर आफ्ना कुराहरु राख्ने, सोधेको विवरण राम्रोसँग दिने, त्यो सुरक्षित रहन्छ । गोप्य रहन्छ र त्यो बापत् कुनैखालको अप्ठ्यारो पर्दैन भन्ने कुरालाई पनि म यस सन्दर्भमा राख्न चाहान्छु ।’

अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गरेका छन् । गत कार्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top