देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

२६ कात्तिक ७८, शनिबार

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्।

दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बन्ने सम्भावना न्यून बन्दै गएको छ।

वर्तमान सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिने पक्षमा छन्। देउवा सोही अनुसारको तयारीमा जुटिरहे पनि उनी निकट उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बन्ने गृहकार्यमा छन्।

संस्थापन पक्षकै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। योसँगै संस्थापन पक्षबाट सभापतिमा तीन आकांक्षी देखिएका छन्।डेढ वर्षअघिसम्म भने संस्थापन पक्षबाट देउवा साझा उम्मेदवार बन्ने नेता तथा कार्यकर्ताको बुझाइ थियो।

निधिले १३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन आफूले सहयोग गर्ने र १४औं महाधिवेशनमा आफूलाई देउवाले सघाउने समझदारी भएको निकटहरूसँग बताउँदै आएका छन्। उनले २०७७ साउन २९ गते सभापति देउवालाई भेटी पूर्वसहमति अनुसार महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न भनेका थिए। तर देउवाले थप एक कार्यकाल नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गर्दै निधिलाई १५औं महाधिवेशनबाट पार्टी नेतृत्व लिनेगरी तयारी थाल्न सुझाएका थिए।

१५औं महाधिवेशनमा उमेरका कारण पनि आफू ‘फिट’ नहुने भन्दै निधिले सभापतिमा उम्मेदवारी दिनेगरी छलफल र तयारी तीव्र बनाएका छन्। एकअर्कालाई नजिकबाट बुझेका देउवा र निधि दुवैले आपसी सहयोगबिना पार्टी नेतृत्वमा टिक्न र पुग्न सकिन्न भन्ने राम्रोसँग बुझेको निकट एक नेताले बताए।

सोही अनुसार देउवा निकट पदाधिकारीहरू बिहीबार छलफलमा जुटेको दाबी गर्दै ती नेताले भने,‘सहमतिका लागि अहिले पनि प्रयास जारी छ।’ तर बिहीबारको भेटमा पनि देउवा र निधिले डेढ वर्षअघिकै अडान दोहोर्‍याएका छन्।देउवाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न निधिसँग प्रस्ताव गरेका थिए।

तर निधिले उल्टै आफूलाई सभापतिमा सघाउन देउवालाई अनुरोध गरे।‘सभापतिमा उठ्ने तयारी गरिरहेको छु।यो पटक मलाई सघाउनुहोला,’निधिले देउवालाई राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईंले पहिले नै वचन दिनुभएकै हो। मलाई तपाईंको सहयोग आवश्यक छ।’ जबाफमा देउवाले भनेका थिए,‘अहिले तपाईं नउठ्नु, मलाई मद्दत गर्नु।

१५औं महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो।’ निधिले आफू १५औं महाधिवेशनमा नभएर अहिले नै सभापतिमा उठ्ने तयारी गरेको बताएपछि देउवाले ‘उठ्ने र नउठ्ने भन्ने त तपाईंको अधिकारको कुरा हो’भन्दै शुभकामना दिएको निकट स्रोतको दाबी छ।

निधिकै सहयोगमा पुनः नेतृत्वमा दोहोरिने देउवाको चाहना र देउवाको साथ लिएर सभापतिको उम्मेदवार बन्ने निधिको चाहना छ। तर महाधिवेशन सुरु हुन एक महिना बाँकी रहँदा भएको दुई नेताबीचको भेट सकारात्मक नदेखिएको निकटहरूको दाबी छ। दुवै आआफ्नो अडानमा कायमै रहेको जनाउँदै निकट एक नेताले भने, ‘बिहीबारको भेटपछि कुरा सुन्दा दुवै नेता आआफ्नो ढंगबाट अघि बढ्ने देखिन्छ।’

देउवा र निधि एक ठाउँमा हुँदा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई समेटेर अघि बढ्न धेरै समस्या नहुने संस्थापन पक्षका नेताहरूको बुझाइ रहेको छ।,याे समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top