कात्तिक नाचअन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने

२६ कात्तिक ७८, शनिबार

२७ कात्तिक, ललितपुर ।

पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो । सो नाचमार्फत आज महादेव अनि कुष्णको युद्ध हुनाका साथै शितज्वर तथा विष्मज्वरको युद्धसमेत मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, “यस नाच उषाहरण नृत्यअन्तर्गत पर्दछ । यो वर्ष उषाहरण प्रदर्शन नगरिने भएकाले यसैमा पर्ने युद्धको केही अंश देखाउने छौँ ।”

यो वर्षको नाचमा ११ देखि ७५ वर्ष उमेर समूहका मानिसले भाग लिएका र लिने भएका समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । छ–छ वर्षमा कलाकार अनि लत्ताकपडा र बिग्रिएका गरगहना फेर्ने चलनानुसार आउँदो वर्षको कात्तिक नाच प्रदर्शन गरी सो फेरिने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताए ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । लामो समयदेखि चलिआएको नाच जे जस्तो परिस्थिति सिर्जना भए पनि मञ्चन गरेरै छाड्नुपर्र्छ भन्ने उद्येश्यकासाथ गत वर्ष मुलुकमा कोरोना महामारी बढ्दा बढे्दै पनि दुई दिन मात्रै भए पनि सफलरुपमा प्रदर्शन गराएरै छाडेको पाटन वडा नं १२ निवासी राजेश ताम्राकारले बताए । उनले भने, “विश्वकै लामो नाट्य महोत्सव सदैव जीवन्त रहोस् भन्ने हामी चाहन्छौँ ।”

यस नाचको सर्जक एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । सो नाचको थालनिले सुरुआती चरणदेखिनै जनतालाई एउटै सूत्रमा बाँधेर मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिनै रहेको विश्वास छ ।

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटि शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । जम्मा २७ दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको मुख्य विशेषता हो ।

ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य मान्यताको यस नाचको गरिमा अहिले पनि उतिकै उच्च रहेको हुँदा यो वर्ष सुदामा प्याखँ, बाथः प्याखँ–च्वले सुदाँ दाँ खुदाँ, बाथः प्याखँ–कौला खिचा आदि मञ्चन गरिइसकेको र बाँकी युद्धकला, देवी प्याखँ, जल शयण–मधु–कैटव वध, बराह अवतार–हीरण्याक्ष वध र नृसिंह अवतार–हीरण्यकश्यपु वध नृत्य आठ दिन प्रदर्शन गरिने समितिका प्रचार विभाग संयोजक सञ्जयशर्मा राजोपाध्यायले सुनाए ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका वडा नं १६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा सो नृत्य देखाइन्छ । विसं २०४१ मा सो पाटन दरबार क्षेत्रलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top