Nepal Times
Nepal Times
3
Shares

अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

२७ कात्तिक, एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनौतलाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतकाे आम आम्दी पार्टीले माग गरेको छ । अभिनेत्री कंगनाले राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले उनको पद्म श्री राष्ट्रिय पुरस्कार खोस्न  समेत माग गरेको हो ।

अभिनेत्री कंगनाले केही समयअघि भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी थिइन् । उनको भनाइप्रति भारतमा बिरोध भइरहेको छ ।

आम आद्मी पार्टीको राष्टिय कार्यकारिणी सदस्य प्रीति शर्मा मेननले मुम्बईको अदालतमा अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दासमेत हालेकी छन् । सो पार्टीले कंगनाको अभिव्यक्तको विरोध गर्दै गर्दा प्रीतिले अदालतमै मुद्दा दायर गरेकी हुन् ।

कैयौं भारतीयहरूले आफ्नो ज्यान दिएर कैयौंले अंगभंग भएर गरेको लामो संघर्षपछि भारतले अंग्रेजबाट स्वतन्त्रता पाएको बताउँदै कार्यकारिणी सदस्य मेननले अभिनेत्री कंगनाले ती शहीदहरूको अपमान गरेको र देशद्रोही काम गरेको पनि दाबी गरेकी छन् ।

मेननले अभिनेत्री कंगनामाथि कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर मागसमेत गरेकी छन् । यो विषयमा अभिनेत्री कंगनाले कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.