पत्रकारहरुले पनि मुलुकलाई समाजवादतर्फ डाेर्याउनुपर्छः अर्थमन्त्री शर्मा

२६ कात्तिक ७८, शनिबार

२७ कात्तिक,पोखरा ।

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरानै सबै पत्रकारहरु र पत्रकारहरुसँग आवद्ध संघ, संगठनहरुको दायित्व भएको पनि बताए ।

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताए। अर्थमन्त्री शर्माले पत्रकारहरुलाई समाजवादतिर अगाडि बढने गरी संगठन र विचारको निर्माण गर्न पनि सुझाव दिए ।

उनले भने, ‘पत्रकार र त्यसका संगठनहरु स्वतन्त्रतापूर्वक अगाडि बढनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । परिवर्तनबाट प्राप्त भएको उपलब्धि समाजवादतिर अगाडि बढने संवैधानिक अधिकार जो छ, त्यो संवैधानिक अधिकार राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै हामी समाजवादतिर अगाडि बढने मान्यतालाई स्थापित गर्ने कुरा नै प्रेस सेन्टर र समस्त पत्रकारहरुको दायित्व हो भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसको लागि कस्तो संगठन आवश्यक छ ? कस्तो विचार आवश्यक छ ? लोकतन्त्रको पक्षमा उभिएका प्रेस सेन्टर मात्रै होइन्, अन्य संगठनहरुले पनि लोकतन्त्रको पक्षमा गरेको संघर्ष, त्यो योगदान र बलिदानलाई हामीले त्यही रुपमा सम्मान गर्नु पर्दछ । ती सबै लोकतन्त्रको पक्षमा उभिन पत्रकारहरुका सबै संगठनहरुलाई पनि सम्मान गर्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले पत्रकारहरुको क्षमता वृद्धिका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top