विराटनगर,साउन २२
विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद,किरांत याक्थुङ चुम्लुङ र किरातेश्वर माँखिंंमको सामूहिक आयोजनामा विविध कार्यक्रम गरिएको हो ।
सो अवसरमा विराटनगर १५ स्थित किरांतेश्वर माँखिंमको सरसफाई,पूजाआजा र च्याब्रूङ,केलाङ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । माँखिम परिसरमा आयोजना गरिएको पुजामा आदिवासी जनजाति अन्र्तगतका विभिन्न समुदायले सहभागिता जनाएका छन ।
सोहि अवसरमा आयोजना गरिएको च्याब्रूङ र केलाङ प्रशिक्षण कार्यक्रममा ११ जना युवायुवती सहभागि भएका छन । विराटनगर महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मनोज सुब्बाले प्रशिक्षणको उद्घाटन गरेका थिए ।
नयाँ पुस्ताले आफ्नो संस्कृति र परम्परा बिर्सदै गएकाले आदिवासी जनजाति दिवसको अवसरमा युवायुवतीहरुका लागि ७ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल आदिवासी जनजातिका नगर अध्यक्ष सुरेशसिंह गनगार्इंले जानकारी दिए । यसैबीच साउन २४ गते मनाईने अन्तरराष्ट्रिय आदिवासी दिवसको अवसरमा विराटनगरमा झांकी सहितको ¥याली आयोजना गरिने जनाइएको छ ।