देशभरको मौसम सफा, आगामी तीन दिन सामान्य रहने

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

Advertisement

देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो ।

महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

Advertisement

साथै उसले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top