ए डिभिजन लिगः रेफ्रीको निर्णयविरुद्ध एन्फाले अब उजुरी नलिने

२७ कात्तिक ७८, आइतबार

२८ कार्तिक, काठमाडौं ।

पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी फुटबल क्लबका प्रशिक्षक थिए, भारतीय यान ल ।

भारतीय दि (आई लिग)मा पञ्जाब एफसी र ऐजवाल एफसीको प्रशिक्षक भइसकेका उनी एनएसएलमा रहेका आठ टोलीमध्ये सबैभन्दा ठूलो नामका प्रशिक्षक थिए ।

तर, उनले लगातार प्रतियोगितामा रेफ्रीको निर्णयविरुद्ध कुरा उठाइरहे, त्यो चाहे आफूले हार्दा होस् या आफ्नो पक्षमा नतिजा आउँदा नै किन नहोस् ।

यान लले विरोध जनाइरहे । यान लले एक पटक त नेपाली रेफ्रीको स्तर भारतको स्कुल प्रतियोगिता खेलाउने रेफ्रीको जस्तो पनि नभएको आक्रोश पोखेका थिए ।

यान लले नेपालका रेफ्रीले फुटबलमा ठूलो घाटा पु¥याउने र यस्ता रेफ्रीका कारण फुटबलले फड्को नमार्नेसमेत टिप्पणी गरेका थिए । यस्तो आरोप एनएसएलमा अन्य प्रशिक्षकले नलगाएका हैनन्, शहीद स्मारक ए डिभिजन लिग होस् या मोफसल प्रतियोगिता नै ।

खेलमा हार भोगेपछि रेफ्रीविरुद्ध अपील गर्ने र मिडियामा बोल्ने क्लब र प्रशिक्षकहरूको नियति नै भइसकेको छ । एक प्रकारले यो परम्परा नै बसिसकेको छ ।

रेफ्रीको निर्णयका कारण ठूलो विवाद हुँदै आएको छ । रेफ्रीकै कारण सहभागी क्लबहरूले विभिन्न आरोप लगाउँदै आएका छन् । यति मात्र हैन, खेल मिलेमतोमासमेत रेफ्रीले सहयोग गरेको आरोप नेपाली फुटबलमा लाग्दै आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ३ मंसिरबाट सुरू हुने लिग दौरान रेफ्रीले लिएको निर्णय अन्तिम र मान्य हुने बताउँदै रेफ्रीको निर्णय उपर कुनै पनि उजुर अपिल नलिने भएको छ ।

एन्फाले सिंगल राउण्ड रोबिनको लिगमा सहभागी १४ क्लबलाई प्रतियोगिताको नियमावली दिएको छ र त्यसमा रेफ्रीको निर्णयउपर कुनै उजुर अपिल नलिने बताएको छ ।

जनतापाटीलाई प्राप्त नियमावलीको ‘नियम (१९) को प्रतियोगिता, रेफ्री तथा अनुशासन समितिको काम कर्तब्य र अधिकार बुँदा अन्तर्गतको नियम (२०) रेफ्रीको भूमिकाबारे भनिएको छ, ‘प्रतियोगिताका सम्पूर्ण म्याचहरू संघले नियुक्त गरेका रेफ्रीहरूले सञ्चालन गर्नेछ । खेल दौरान रेफ्रीले लिएको निर्णय अन्तिम र मान्य हुनेछ । रेफ्रीको निर्णय उपर कुनै उजुर अपिल लाग्ने छैन ।’

३ मंसिरबाट सुरू हुने लिगका लगि एन्फाले २० रेफ्री तय गरेको छ । जसमा एन्फाले चार रेफ्रीसहित छ सहायक फिफा रेफ्री छन् । हाल एन्फालाई रेफ्री संघले १५ रेफ्रीको नाम बुझाएको छ । बाँकी पाँच रेफ्री भने केही दिनपछि ‘परीक्षण टेष्ट’ लिएर फाइनल गर्ने रेफ्री संघ निकट स्रोतले न्युज कारखानालाई बतायो ।

एन्फाको यो व्यवस्थासँगै आगामी लिगमा क्लबहरूले एन्फा उपर कुनै उजुरी गर्न पाउनेछैनन् । गत वर्षहरूमा भने क्लबहरूले खेल सकिएको केही समयमा नै रेफ्रीउपर उजुर अपिल गर्ने गरेका थिए ।

‘रेफ्रीविरुद्ध कहीँ पनि अपिल हुँदैन । हाम्रोमा खेल हारेपछि यो भइरहेको हुन्छ । यसपालि रेफ्रीविरुद्ध आएका अपिल लिँदैनौं । रेफ्रिको निर्णयले हामी हा¥यौँ, हरायो भन्ने जुन निवेदन दिने परम्परा छ । त्यसलाई निरूत्साह गर्न यो नियम ल्याएका हौं’, लिग संयोजक संजिव मिश्रले जनतापाटीसँग भने ।

यता, एक प्रशिक्षकले रेफ्रीको निर्णयविरुद्ध उजुरी दिने परम्परा अन्यत्र पनि नभएको र नेपालमा विगतमा दिने परम्परा भए पनि आयोजकले उजुरी नै नहेर्ने परम्परा रहेको बताए ।

‘रेफ्रीविरुद्ध कहीँ पनि उजुरी दिने हुँदैन । रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुन्छ । नियमावलीमा यस्ता चिज लेखिएन भने प्रतियोगिता संचालन गर्न असहज हुन्छ । यस्तो भयो भने प्रत्येक खेलमा यस्तो भयो, उस्तो भयो भनेर उजुरी नै निस्कन्छ’, विगत एक दशकभन्दा बढी नेपाली क्लबहरूलाई हेरिसकेका एक प्रशिक्षकले भने, ‘हाम्रोमा परम्परा छ । तर, नेपालमा अहिलेसम्म उजुरी दिए पनि कहिले निर्णय भएको छ र ? रेफ्रिको निर्णयविरुद्ध ‘कमेन्ट’ आइरहन्छ । हुने पनि केही हैन ।’

३ मंसिरमा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा ‘फ्लड लाइट’ मा खेलाइनेछ । यस्तै शुक्रबार र शनिबारका दोस्रो खेलसमेत ‘फ्लड लाइट’ मा खेलाइने एन्फाले जनाएको छ ।

आगामी लिग खेलाउन तय रेफ्री

नविन्द्र महर्जन, कविन ब्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, नानीराम थापामगर, माधव केसी, युनाल मल्ल, सहदेव श्रेष्ठ, बिक्रम चौधरी, किशन कनैह्या यादव, श्याम दनुवार, विश्वास कार्की, शुक्र तामाङ, प्रजेश अमात्य र मधुकर अचार्य

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top