चोलेन्द्रबाट न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ

२८ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नै पर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा आज धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए ।

Advertisement

अध्यक्ष श्रेष्ठले जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको बताए ।

उनले जबराको राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको आरोप लगाए ।

Advertisement

श्रेष्ठले भने, ‘हामीहरू आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ। न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ। त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top