लोकतन्त्र दिवसको अवसरमा रारा म्याराथन

२८ कात्तिक ७८, आइतबार
Share this
716shares

२८ कार्तिक, काठमाडौं ।

Advertisement

लोकतन्त्र दिवस २०७९ को अवसरमा रारा म्याराथनको आयोजना हुने भएको छ। आगामी वैशाख ११ गते पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ।

रारा म्याराथनले त्यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए।

Advertisement

‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुने विश्वास लिएका छौं,’ उनले भने,‘यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top