×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

सडकमा ड्रेन कभर नराख्दा यात्री नालीमा खस्ने डर

२८ कार्तिक २०७८

२८ कार्तिक, काठमाडौं ।

खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

Advertisement
Advertisement

दिक्तेलको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवतजावतका क्रममा नालीमा खस्ने त्रास बढेको हो ।

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोरदोहोर गर्ने विद्यार्थी नालीमा खस्ने त्रास बढेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैन कट्वालले बताए ।

नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओहोरदोहोर गर्ने कतिपय गाडी र मोटरसाइकल नालीमा फसिकेका छन् । ड्रेन होलमा फसेका गाडीलाई धकेलेर निकाल्ने गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राति ढलान सकेको थियो ।

रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढनकी नराखी छाडेको हो । नाली जाम भएका बेला सरसफाइका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ

सडक ढलानमै लापरबाही

दिक्तेल बजारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको पाइएको थियो । बजारको सडक ढलानका लागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०÷१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेट छ ।

लम्बाई तेर्सो १० एमएमको रड १५÷१५ सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको थियो । १०÷१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८÷२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५÷३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

Advertisement

अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top