मुस्ताङ हिम पहिरोमा ११ जना घाइते

२८ कात्तिक ७८, सोमबार

२८ कार्तिक, मनाङ ।

मुस्ताङमा सम्भवतः अहिलेसम्मकै ठूलो हिउँ पहिरो झरेको छ ।

आइतबार करिब ११ः३० बजेतिर मुस्ताङको थासाङ २ नजिक बोक्सीखोला एवं टुक्चे पिक क्षेत्रबाट झरेको हिउँ पहिरोमा परी ११जना घाइते भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् ।

उनका अनुसार हिउँ पहिरोका कारण जनआदर्श अम्मरसिंह माविका केही शिक्षक तथा विद्यार्थीहरू सामान्य घाइते भएका छन् । उनीहरू धुलाम्य र हिलाम्य बनेका थिए ।

हिउँ पहिरो प्रभावितहरूलाई उपचारार्थ मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाका टोली घटनास्थल पुगेर उद्धारमा जुटेका थिए ।

टुक्चे हिमाल क्षेत्रबाट ठूलो मुस्लोसहित आएको हिउँले उक्त क्षेत्रबाट करिब पाँच किलोमिटर वरपरसमेत धुलाम्य बनाएको थियो । जसका कारण स्थानीय बासिन्दा त्रसित भएको शिक्षक मनदेवी गौचनले बताइन् ।

उनका अनुसार अनु देसार, दीपेन्द्र लामिछाने, संगम बरुवाल, मिलन पुन, अमृता रोकाय, सुजिना केसी, वीरेन्द्र लामिछाने, अनुष्का विक, स्नेहा किसन, कारिसा विक, सुशीला थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top