बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज

२८ कात्तिक ७८, सोमबार

२९ कात्तिक, काठमाडाैँ ।
संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ ।

बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो ।

उक्त संस्थाका राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति (टियर ४ भिसा) दिने गरेको र टियर २ भिसामा परिवर्तन गर्न हालै केही नियमहरु परिवर्तन भएको जनाउँदै त्यसबारे आफूहरुले परामर्श दिएको बताए ।

उनले आगामी मङ्सिर ५ गते पुतलीसडकस्थित आएआई–युकेको कार्यालयमा बेलायती शैक्षिक प्रदर्शनी–२०२१ आयोजना गर्ने र सोका लागि विद्यार्थीहरुको आवेदन खुल्ला गरिएको जानकारी दिए।

सो संस्थाका राष्ट्रिय व्यवस्थापक शिशिर रेग्मीले मेलामा विद्यार्थी र अभिभावकले एकै हातामा बेलायतको शैक्षिक प्रणाली, अध्ययनका लागि लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र चुनौतीबारे बेलायती शैक्षिक संस्थाका प्रतिनिधिकै उपस्थितिमा जानकारी लिन सक्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top