सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : थापा

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, झापा ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्ने बताएका छन्।

झापामा प्रदेश १ कार्य समितिको प्रथम एकता अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले भने, ’झापा राप्रपाको मुटु हो, झापाले सिङ्गो देश हाँक्ने सामर्थ्य राख्छ।’

Advertisement

कार्यक्रममा झापा क्षेत्र ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरे।

प्रदेश १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो। दुई दिनसम्म चल्ने राप्रपाको प्रदेश अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।

Advertisement

राप्रपाले एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ। राप्रपाले आगामी मंसिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top