×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भात खाएको थालले लियो दिदीभाइको ज्यान

२३ श्रावण २०७५

विराटनगर,साउन २३
सुनसरीको चतरा नहर स्थित झुम्का कारागार अगाडि नहरमा डुबेर एकै घरका दिदीभाइको मुत्यु भएको छ । मंगलबार दिउँसो १२ बजे ११ बर्षकी सृजना खड्का र उनका भाइ ९ बर्षका अस्विन खड्काको नहरमा डुबेर ज्यान गएको हो ।

खाना खाएको भाडा माज्ने क्रममा नहरमा दिदीभाई डुबेका थिए । नहरमा डुबेका दिदीभाइको ५ घण्टा पछि शव बाहिर निकालिएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले नहरको पानी कटान गरी शव बाहिर निकालेको हो ।

Advertisement
Advertisement

खाना खाएर भाडा माझ्न गएका अस्विन पानीले थाल बगाए पछि थाल लिन नहरमा पसेका थिए । भाइ नहरको पानीमा डुवेको देखेपछि उनकी दिदी सृजना पनि भाइलाई लिन जाँदा नहरमा डुबेको स्थानीय मिना खातुनले बताईन् ।

Advertisement

झुम्का नहरको डिलमा सुनसरी मोरगं सिंचाई आयोजनाको जग्गामा खड्का परिवार बस्दै आएका थिए । मृतक बालबालिकाकी आमाले भने केही महिना अघि मात्रै दोस्रो विवाह गरेकी थिइन । उनीहरु आमा नभए पनि बुबा र हजुर आमासँग बस्दै आएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top