अष्ट्रियामा खोप नलगाएका व्यक्ति लक्षित लकडाउन

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, काठमाडौं ।

Advertisement

अष्ट्रियाली सरकारले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिका लागि राष्ट्रव्यापी लकडाउन गरेको छ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिबाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ।

Advertisement

खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १४ सय ५० युरोसम्म जरिवाना गरिने जनाइएको छ। अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका देशमध्ये एक हो।

यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन्। पछिल्लो समय बढ्दो संक्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ। आइतबार त्यहाँ ११ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top