लुम्बिनीबाट छानिए २०७ प्रतिनिधि, खुलामा महिला प्रतिस्पर्धा नै छैन

२८ कात्तिक ७८, सोमबार

२९ कार्तिक, बुटवल ।

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए ।

१४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाको उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ ।

खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २० जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । ’कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्,’ उनले भने ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एकजना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताए ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् ।

पार्टी नेताहरुको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top