महाधिवेशन गराउनैपर्ने वाध्यता भएपछि सभापति तयारः प्रकाशमान

महाधिवेशन गराउनैपर्ने वाध्यता भएपछि सभापति तयारः प्रकाशमान

२९ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा वाध्य भएर महाधिवेशन गराउन तयार भएको बताएका छन्।

निर्वाचन आयोगले नयाँ कार्यसमितिको ताकेता गरेपछि मात्रै महाधिवेशन हुने अवस्था आएको उनले बताए। राष्ट्रिय सभा उप निर्वाचनका लागि पुसको पहिलो सातामा नयाँ कार्यसमिति आयोगलाई बुझाउनुपर्ने वाध्यकारी अवस्था छ।

पार्टी विधानसंगत नचलेका कारण वर्तमान परिस्थिति आएको उनले बताए। काठमाडौंका वडा र पालिकाका अधिवेशनमा विजयीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले भने,‘पार्टी विधान अनुसार नचलेको पार्टी सभापतिको अगाडी कुरा राख्नसक्ने मै हुँ।’

आइतबार सभापति निवास बुढानिलकण्ठमा बसेको बैठकप्रति आपत्ति जनाएको उनले बताए। केन्द्रीय कार्यालयमा बैठक गर्न नसकेर निवासमा गरिएकोमा सभापतिलाई असन्तुष्टि राखेको उनले सुनाए।

केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्नामा बसेका कारणले केन्द्रीय समितिको बैठक सभापति निवास बुढानिलकण्ठमा राखिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.