एमाले महाधिवेशनका लागि झापाबाट ४९ प्रतिनिधि छनोट

२९ कात्तिक, झापा ।

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनका लागि झापाबाट ४९ जना प्रतिनिधि छनोट भएका छन् ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा तीन निर्वाचन क्षेत्रमा सर्वसम्मत र दुई निर्वाचन क्षेत्रमा निर्वाचन विधिबाट प्रतिनिधि चयन गरिएको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।

पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ५ बाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको थियो भने क्षेत्र नं १ र २ मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको नेकपा एमाले झापा जिल्ला कमिटी कार्यालयका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए।

क्षेत्र नं ३ र ४ मा भने सर्वसम्मत प्रतिनिधि चयन हुन नसकेपछि निर्वाचन भएको थियो । क्षेत्र नं ३ मा २७ गते र क्षेत्र नं ४ मा २८ गते निर्वाचन भएको थियो । क्षेत्र नं ४ मा प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top