निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ

२८ कात्तिक ७८, सोमबार

२९ कात्तिक, काठमाडाैँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताएका छन् । सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्वविकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिएका हुन्।

उनले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरुमा सोही अनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गरे। सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीहरु व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताए। उहाँले भन्नुभयो – ‘तपाईहरुले पनि प्रशासनिक क्षेत्रमा आजसम्म सिद्ध भएका भनेर मुख्यसचिवज्यूहरु, सचिवज्यूहरु वा तपाईहरुभन्दा अघिल्लो पुस्ताले जे–जे कुराहरु भन्नुभएको छ, ति कुराहरु ठिक छन् भने कार्यान्वयन गर्ने । कतिपय कुराहरु सामाजिक विज्ञानमा परिवर्तन भएरै रहन्छन् । परिवर्तित स्थितिमा यो कुरा यसरी गर्नुपर्छ भन्ने भयो भने त्यसलाई नयाँ ढंगले नवप्रवद्र्धन गरेर जानुपर्ने हुन्छ । सिद्धान्तलाई व्यवहारसँग तादात्म्यता मिलाएर मात्रै असल प्रशासक बन्न सक्दछ । असल प्रशासकले सिद्धान्त मात्रै होइन व्यवहारिक बन्ने, धैर्यवान बन्ने, आफ्नो काममा दत्तचित्त, लगनशील बन्ने र उदाहरणीय काम पनि गर्ने । यो कुराहरु हुनुपर्छ जस्तो मलाई लाग्छ ।’

उनले नवनियुक्त सहसचिवहरुलाई आफु मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गरे । कतिपय कर्मचारीहरुमा आफुलाई प्रशासक ठानि सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उनले बताए । उनले भने – ‘जिम्मेवारीमा कुशल प्रशासकले सधैँभरी सबैलाई समन्यायिक, सबैलाई न्याय हुने, लाइक, डिसलाइक नगरीकन सबैलाई काम गर्ने अवसर दिनैपर्छ । कुशल प्रशासक बन्नका लागि अभ्यासको थालनी हुनुपर्छ । र कुशल प्रशासकले आफु मात्रै काम गर्ने होइन अरुबाट पनि काम लिन सक्नुपर्छ । सबै आफैले गरेर त्यो कुशल प्रशासक हुँदै हुँदैन । अरुलाई मात्रै काममा जोत्ने कुरा पनि होइन । कुशल प्रशासकले उदाहरणिय काम पनि गर्नुपर्छ । अरुबाट काम पनि लिनुपर्छ, टिम स्प्रिटमा ।’

मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिए। प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिदैँ कार्य सम्पादन गर्नुपर्ने उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top