आज नेप्सेमा दोहोरो अङ्कको वृद्धि

२९ कात्तिक ७८, मंगलबार

२९ कात्तिक, काठमाडौँ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन। कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर रु चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार सोमबार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.४७, जलविद्युत् ५०.०५, वित्त ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, जीवन बीमा ११३.२४, सामूहिक लगानी कोष ०.०३ र लगानी १.६९ अङ्कले उकालो लाग्यो। कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३५ करोड ४६ लाख ४० हजार ८२३ बराबरको कारोबार भयो ।

यस्तै, एचआइडिसिएल रु २८ करोड ६४ लाख ९२ हजार ९८३, लुम्बिनी विकास बैंक रु २३ करोड ७९ लाख ८२ हजार १०१, नबिल बैंक रु १६ करोड १५ लाख १७ हजार ७९० र ज्योति विकास बैंकको रु १३ करोड ९२ लाख ९४ हजार ९९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। कारोबारका आधारमा बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ९.६१ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए। महालक्ष्मी विकास बैंक ४.४६, माउण्टेन इनर्जी २.८४, एसबिएल डिवेञ्चर २, माछापुछ्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १.८४ प्रतिशतले गुमाए । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top