भूमिहीन किसानका समस्या छिटो समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, काठमाडाैँ ।

Advertisement

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले परिणाम देखिने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई निर्देशन दिएकी छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचलमा साेमबार भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुतिमा उनले विगतका आयोगले गरेका कामलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने योजना बनाएर काम गर्न सुझाव दिएकी हुन् ।

संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न हुँदैन भन्दै मन्त्री श्रेष्ठले प्रभावकारी कामका लागि योजना र कार्यविधि बनाउन सल्लाह दिए । उनले भनिन्, “आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर अधिकार सम्पन्न गराउनुपर्छ ।”

Advertisement

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन्न गर्नेगरी अगाडि बढेको बताए । मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top