×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जाडोमा बढ्दै छालाको समस्या

३० कार्तिक २०७८

काठमाडौं: जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन् ।

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, ‘यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले छालालाई थप नोक्सान पुर्‍याउँछ । बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।’

Advertisement
Advertisement

उनका अनुसार विशेषगरी संवेनदशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ । जाडोमा छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । डा. अमात्य जाडोमा छाला सुक्खा हुने बित्तिकै जे पायो त्यही क्रिम प्रयोग गर्दा समस्या समाधान हुनुको

साटो झन् बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिन्छन् । उनले कतिपयलाई छालाको एलर्जी समेत हुने भएकाले जाडोमा लगाइने क्रिम (मोइस्चराइजर) छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने बताइन् । सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम छनोट गर्नुपर्ने उनको सुझाव छ । डा. अमात्यले भनिन्, ‘जाडो होस् वा गर्मी, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।’

Advertisement

अर्का छालारोग विशेषज्ञ डा. धमेन्द्र कर्णले जाडोमा छाला रुखो, फुट्ने, सुक्खा हुने समस्या हुनुका साथै छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चायाँ, पोतो आउने समस्या हुने जानकारी दिए । डा. कर्ण पर्याप्त मात्रामा पानी वा झोलिलो खानेकुरा खानुका साथै अनुहारमा तातोपानीको वाफ लिनु उपयुक्त हुने बताउँछन् । छाला स्वस्थ राख्ने भन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ तर यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ ।,याे समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top