आज विश्वासको मत लिँदै मुख्यमन्त्री राई

३० कात्तिक, विराटनगर ।

Advertisement

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

बहुमतका लागि प्रदेश सभामा ४७ सांसद आवश्यक पर्दछ। गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईलाई मुख्यमन्त्रीलाई ५० भन्दा बढी सांसदले मत दिने दाबी गरिएको छ।

Advertisement

प्रदेश सभामा कूल ९२ सांसद छन्। गठबन्धनका पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र लोकतान्त्रिक समाजवादीका एक सांसद छन्।

प्रमुख प्रतिपक्षी एमालेका ४१ सांसद छन्। एमालेका तर्फबाट मुख्यमन्त्री बनेको भीम आचार्यले राजनिामा दिएपछि राई मुख्यमन्त्री बनेका हुन्।विश्वासको मत लिने अघिल्लो दिन गठबन्धनका सांसद्हरुलाई विराटनगरको बिग होटलमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top