वायुसेवा निगमका महाप्रबन्धक पौडेल मन्त्रालय तानिए

३० कात्तिक ७८, मंगलबार
Share this
757shares

३० कात्तिक, काठमाडौं।

Advertisement

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन् । महाप्रबन्धक पौडेललाई विज्ञका रुपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो ।

महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताए। उनले भने, “म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका रुपमा भनेर ल्याइएको छ, के जिम्मेवारी हुन्छ हेरौँ ।” सरकारले यही कात्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बनेका थिए।

Advertisement

महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उनलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top