‘जलवायु परिवर्तन न्यूनीकरण गर्न नीतिगत योजना बनाउन पर्छ’

२९ कात्तिक ७८, मंगलबार

३० कार्तिक, काठमाडौं ।

जलवायु परिवर्तनबाट परेको असर र न्यूनीकरण गर्ने योजनाबद्ध कार्य अहिलेको आवश्यक रहेको सरोकारवाला क्षेत्रका व्यक्तिले बताएका छन् ।

औद्योगीकरणसँगै बढ्दो कार्बन उत्सजन, वन विनाश, वातावरण प्रदुषणको प्रकोप जलवायु परिवर्तनको मुख्य कारण भएकाले अब नेपालले पनि यसको न्यूनीकरण गर्न नीतिगत योजना बनाउन पर्ने उनीहरूले बताए ।

आइतबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना भएको ‘जलवायु परिवर्तनमा विवादित मुद्दाहरु, कोप–२६ मा नेपालको सान्दर्भिकता विषयक अन्तर्क्रिरयामा बोल्ने वक्ताले जलवायु परिवर्तनको विषयलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा एसियन इन्स्टिच्युट अफ थाइल्याण्डका उपाध्यक्ष शोभाकर ढकालले जलवायु परिवर्तनका लागि आवश्यक रणनीति बनाउन आवश्यक रहेको बताए ।

जलवायु परिवर्तनको प्रभावले सम्पुर्ण अर्थतन्त्र र वातावरणमा समस्या आउने खतरा औंल्याउँदै उनले जलवायु परिवर्तनले देखा परेको समस्या आगामी पुस्ताले भोग्नुनपर्ने गरी समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘विश्वका ठूला अर्थतन्त्र भएका देश तथा समग्र विश्वले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस तापक्रमभन्दा माथि बढ्न नदिने प्रतिवद्धता जनाए पनि त्यसको उल्लंघन भएको छ ।’

कार्यक्रममा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले हिउँ र मौसम पूर्वानुमानका लागि देशका विभिन्न २३ स्थानमा स्टेशनको स्थापना गर्नुपर्ने बताए ।
उनले स्टेशनको स्थापना गरेपछि मात्र मनिटर गरी अध्ययन र डाटा कलेक्सन गर्न सहज हुने बताए । हालसम्म कुनै डाटा संकलन नभएकाले त्यसको व्यवस्थापन गर्न सरकार लाग्नुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘डेटा नहुँदा के गर्ने भन्ने विषय नै अन्योलमा छ । डेटा कलेक्सन गर्न नसक्दा क्लाइमेट फाइन्नासको आउने पैसा ल्याउन सकिएको छैन ।’
उनकाअनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म १९ नदीको जलाधार क्षेत्र छन् ।

‘हिउँ र मौसमका लागि २३ वटा स्टेशनहरु राख्नुपर्छ’ कार्यस्थ भन्छन्, ‘विभिन्न प्रोजेक्ट आउँदा पनि स्टेशनको काम अघि बढ्न सकेको छैन ।’

कार्यक्रममा एकीकृत विकास अध्ययन संस्थानका सल्लाहकार डा. विन्दू लोहनीले समस्यामुक्त भविष्य सुनिश्चित गर्न युवा पुस्ता जागरुक हुन आवश्यक रहेको बताए ।

उनले जलवायु परिवर्तनमा निजी क्षेत्रको साझेदारी आवश्यक रहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top