नेपालबाट एक वर्षमा ५ करोड ७७ लाखको कफी निर्यात

३० कात्तिक, काठमाडाैँ ।

कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात् उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात् गरेको तथ्यांकले कोभिड संकटमा पनि नेपालमा यसको निर्यात् उत्साहजनक देखिएको पुष्टि गरेको हो ।

कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात् करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए। १७ औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उनले कोभिड कालमा पनि कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पु¥याउन सक्ने देखिएको स्पष्ट पारे ।

कार्यकारी निर्देशक भट्टराईले भने, ‘कपीको उत्पादन र उत्पादकत्व अत्यन्तै न्यून भएपनि विगत डेढ वर्षको सिनारियो हेर्दा विश्व कोभिडको चपेटामा छ । र विश्व आर्थिक संकटमा परेको बेलामा पनि कफीले आर्थिक पाटोमा केही हदसम्म पोजेटिभ ईन्डिकेशन गरेको देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को भन्सार विभागको डाटालाई हेर्दा ५ करोड ७७ लाखको कफी जो निर्यात भएको थियो भने २०७७÷७८ को डाटालाई हेर्दा ९ करोड ६० लाखको कफी निर्यात भएको देखिन्छ । यसले के देखिन्छ भने कोभिडले विश्व चपेटामा परेको बेलामा पनि एक वर्षको डाटामा नेपालले कफीमा करिव दोब्बर निर्यात गरेको देखिन्छ । यो ईन्डिकेटरले के थाहा दिन्छ भने कफी क्षेत्रको विकास र उत्पादनमा लाग्ने हो भने आर्थिक समृद्धिको एउटा कोशेढुंगा बन्न सक्छ भन्ने पुष्टि हुन्छ ।’

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम संचालन गर्ने योजना तय गरिएको बताए । उनले भने, ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम ल्याउने योजना तय गरिएको छ । आगामी वर्षबाट हामीले युवा लक्षित कफी विस्तार कार्यक्रम भनेर स्पेशल प्याकेजसहितको योजना समावेश गरिएको जानकारी गराउँदछौं ।’

६ प्रदेशमा कफी खेतीको विस्तार गरिने

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा मंसीर १ (भोली)देखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ ।

कच्चा कफी प्रतिकेजी ८० रुपैयाँ

बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो । जस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए । त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै सोही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाए । नेपालमा मंसीर १ गते कफी दिवस मनाउने गरिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top