बन्दको विरोधमा युवाको मोटरसाइकल ¥याली

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, दमौली।

नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल ¥याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल ¥याली निकालेका हुन् ।

‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले ¥याली गरेका थिए । चापाघाटबाट सुरु भएको ¥याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिए।

१३ बन्दकर्ता नियन्त्रणमा

नेपाल बन्द गराउन सडकमा खटिएका १३ बन्दकर्ता दमौलीबाट ११ र डुम्रेबाट दुई बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको डुम्रे बजारबाट मगर मुक्तिमोर्चाका राष्ट्रिय सम्मेलन समिति सदस्य नीरु थापा र युवा सङ्गठन सदस्य सङ्घर्ष पक्राउ परेको प्रहरीले जनाएको हो।

यसअघि बिहानै दमौली बजारबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदूर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेका थिए ।

नेपाल बन्दका कारण दमौलीलगायत विभिन्न ठाउँका बजार बन्द छ । सवारीसाधन कम मात्रामा सञ्चालनमा भएका छन् । सञ्चालन भएका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। नेपाल बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको उनले बताए । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top