१३ सय रोपनीमा धानको ठाँउमा भुस, अब के खाने ?

२९ कात्तिक ७८, मंगलबार

३० कात्तिक, भक्तपुर ।

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिव १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रिड धान रोपेका थिए । सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

 

भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन् । भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रिड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ । लोकल स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रिड बीउमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको छ । किसानलाई हाइब्रिड बीउबिजनतर्फ आकर्षित गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको छ । कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बीउ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरुले बताएका छन् ।

भक्तपुरमा यसपटक डी वाई २८ जातको हाइब्रिड जातको धानमा दाना नलागेजस्तै २०७१ मा भक्तपुरमै डी वाई ६९ जातको धानमा दाना लागेको किसान कुलबहादुर न्ह्ेमाफुकीले जानकारी दिए । उनका अनुसार उक्त समयमा १४ हजार भन्दा बढी किसानको खेत बाँझै भएको थियो । सोही समस्या फेरि भक्तपुरका किसानले अहिले भोग्नुपरेको छ । हाइब्रिड जातको धान बीउ प्रयोग गर्दा यस्ता समस्या पटकपटक दोहोरी नै रहन्छन् । त्यसकारण किसानले पनि सचेत हुनुपर्छ । लोकल स्थानीय जातको बीउको संरक्षण गर्ने दायित्व कृषकको पनि भएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए । उनकाअनुसार खेतमा बाली लगाउँदा कुन बीउ प्रयोग गर्ने भन्ने कुरामा कृषकले सचेत हुनु अति आवश्यक छ । चाँगुनारायण नगरपालिकामा धान खेतीमा भएको नोक्सानीका सवालमा भने नरपालिकाले पनि अध्ययन गरी रहेको समेत उनले जानकारी दिए । उनकाअनुसार अव उक्त किसानहरुलाई कसरी के राहत दिन सकिन्छ भन्ने विषयमा आफूहरु छलफलमा जुटेको समेत उनले बताए।

नगर भित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले आपतकालिन कोशबाट केही राहत उपलब्ध गराउने समेत जानकारी दिएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top