×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट एक लाख सहभागी गराइने

३० कार्तिक २०७८

३० कात्तिक, चितवन ।

नेकपा (एमाले) चितवन शाखाले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ। जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो।

Advertisement
Advertisement

जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ। उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ।

यसैगरी पेशागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ। जिल्लामा नेकपा (एमाले)का सङ्गठित सदस्य २५ हजार छन्। रावलले एक सङ्गठित सदस्यले कम्तीमा चारजना ल्याउने गरी एक लाख सहभागी हुने आँकलन गरिएको जानकारी दिइन्। महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ । पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ।

चितवननबाट जनपरिचालनको नेतृत्व गरेका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ। यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणापत्र वितरण र प्रचार सामग्री घरघरमा पु¥याइने छ। पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ।

Advertisement

आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्। विद्युतीय उपकरणबाट मतदान गरिने बताइएको छ।रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top