फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडाैँ ।

Advertisement

नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा रु ७४ करोड २१ लाख ३४ हजार (अर्थात् ४८.९० प्रतिशत) ले वृद्धि भई रु दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको हो ।

Advertisement

यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको अधिकारीले बताए । अघिल्लो सरकारको कार्यकालमा देशभर फोरजी सेवा विस्तार भएको थियो ।

गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा कम्पनीको सञ्चालन आय रु आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकामा चालु आवको सोही अवधिमा रु एक अर्ब १३ करोड ९९ लाख ५४ हजार (अर्थात्, १३.२ प्रतिशत) ले वृद्धि भई रु नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार हुन पुगेको छ ।

Advertisement

गत आवको प्रथम त्रैमासिक (२०७७ असोज मसान्त)को कूल आय रु १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकामा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त) मा कूल आय रु ८४ करोड ७८ लाख ७१ हजार (अर्थात् ८.३९ प्रतिशत) ले वृद्धि भई रु १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको जनाइएको छ । कम्पनीको सेवाको गुणस्तर अभिवृद्धि, मर्मतसम्भारमा सुधारजस्ता क्रियाकलापबाट कम्पनीका सेवाप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको उनले जनाए।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top