प्रचण्डलाई स्वागत गर्न महोत्तरीको रामगोपालपुर नगरले दियो सार्वजनिक बिदा

१ मंसिर २०७८, बुधबार
Share this
786shares

३० कात्तिक, काठमाडौं।

Advertisement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने एक कार्यक्रमकै लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।  नगरपालिकाले मङ्‍गलबार सूचना जारी गर्दै भोलि (मंसिर १ गते) सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

नगर प्रमुख अशोककुमार मण्डलले जारी गरेकाे सुचनामा दाहालले वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ का आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने जनाइएकाे छ ।

Advertisement

उनका अनुसार कार्यक्रम बुधबार मध्याह्न १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र, रामगोपालपुर-५ मा हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top