विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ

३० कात्तिक ७८, बुधबार

१ मंसिर, कञ्चनपुर ।

Advertisement

विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित प्रहरीले दुई जनालाई नेपाल भारत सीमा बेलौरी नगरपालिका–१ फटैया दशगजाबाट पक्रेको छ।

भारतको बेङगलोरबाट सामान चोरी गरी ल्याएका कञ्चनपुर बेलौरीको फटैयाका ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ चिसापानीका ३८ वर्षीया विष्णु शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Advertisement

दुवै जनाको साथबाट भारतीय रकम ४३ हजार ९०० रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच, क्यानेडियन डलर दुई हजार ८१०, मेलेसियन रिङगिट २३, सिंगापुर डलर १८, कतारी रियाल एक, दुबई दिराम १३०, चाइना युवान १६१ बरामद गरिएको छ।

यसैगरी सुनको गहना पत्थरसहित ४३९ दशमलब ८९ ग्राम, सुनको पत्थरसहित एक हजार ४७१ दशमलव १८ ग्राम, बिना पत्थरको सुन ४३९ दशमलव ८९ ग्राम र विभिन्न रंगका पत्थर एक हजार ९९८ ग्राम र चार वटा ल्यापटप बरामद गरिएको छ।

Advertisement

उनीहरूलाई भारतीय प्रहरीले पिछा गर्दै आए पनि उनीहरू नेपाल प्रवेश गरेपछि सशस्त्र प्रहरीलाई खबर गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top